अमेरिकी सेनाले ३३ वटा ‘एफ–२२’ र्यापटर्स लडाकु विमानलाई सेवाबाट हटाउने योजना बनाइरहेको छ । नयाँ फाइटर जेटलाई कोष उपलब्ध गराउन आवश्यक अनुसन्धानका लागि यी विमानलाई सेवाबाट हटाउने योजना बनाइएको अमेरिकी सेनाले जनाएको छ ।पेन्टागनले झन्डै ३ दर्जन लडाकु विमानलाई एरिजोनामा रहेको डेभिस मोन्थानमा पठाउने योजना रहेको जनाएको छ । यसले अर्को पुस्ताको हवाई बर्चश्व कार्यक्रममा आवश्यक पर्ने अनुसन्धान र विकासमा कोष उपलब्ध हुने बताइएको छ । यसलाई कंग्रेसको समर्थन प्राप्त भएमा अमेरिकी क