किसानको पीडा - नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाको अनुहार !

बसाइँसराइका कारण धेरै छन् । मान्छेले मुख्यतयाः सुविधाको खोजीमा थातथलो छाड्छ । शिक्षा र स्वास्थ्य जस्ता सुविधा र काम र कमाइका सजिला अवसरको खोजीमा नेपालको पहाडबाट तराईमा बसाइँ सर्ने प्रवृत्तिलाई जनसङ्ख्याविद्हरु स्वाभाविक मान्छन् । तर पछिल्लो समय पहाडका बस्ती रित्तिनमा अरु दुई कारण थपिएका छन् । ती दुई कारण हुन् पानीको बढ्दो सङ्कट र खपिनसक्ने गरी बढेको बाँदरको उपद्रो । अहिलेलाई बाँदरको उपद्रोको कुरा गरौँभोजपुरको रामप्रसाद राई गाउँपालिकाका–६ मानेभञ्ज्याङका हस्तबहादुर थापाको परिवार सुनसरीको इटहरी सरेको एक वर्ष भयो ...