बागलुङ : नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका २ वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन्। बागलुङमा दुई संघीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाको दुवै निर्वाचन क्षेत्रबाट सिफारिस भएका हुन्।मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। पौडेलको स्थायी घर बागलुङ क्षेत्र नम्बर १ मा पर्छ।नेकपा माओवादी केन्द्र बागलुङका अनुसार बागलुङ क्षेत्र नम्बर एकबाट मन्त्