ईसेवाको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री, अस्गर अलीले छाडे बोर्ड

ईसेवा प्रालिको अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा सफल मानिएका कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिए । बैंकिङ क्षेत्रमा करिब साढेतीन दशक लामो […]

सम्बन्धित सामग्री

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन

कात्तिक २५, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बिहीवार अन्तिम दिनसम्ममा १२ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त पदका लागि आवेदन दिनेहरूमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवि चापागाईं, कृष्ण प्रसाद आचार्य, जीवन अमगाई, गोपाल भट्ट, डा केशव प्रसाद श्रेष्ठ, रमेश हमाल,अम्बिका रिमाल र हेमन्त बस्याल रहेका छन् । अध्यक्ष पदका लागि आवेदन दिने बिहीवार  अन्तिम दिन रहेको थियो।  यसअघि सरकारले सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको भन्दै तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको थियो। त्यसपछि रिक्त रहेको पदमा अर्थ मन्त्रालयले नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पोडेल, अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यका रुपमा प्राडा नारायणप्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको छ। सोही समितिले १२ जना आवेदकबाट ३ जना नाम छनौट  गरी सरकारसमक्ष सिफारिस गर्नेछ।  समितिको सिफारिसका आधारमा सरकारले तीन जनामध्ये एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति  गर्नेछ । मन्त्रालयका अनुसार  अध्यक्ष पदका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र नायब कार्यकारी निर्देशक डा नवराज अधिकारीले पनि आवेदन दिएका छन् ।  यसरी आवेदन दिनेमा नेप्सेका पूर्वकार्यकारी अधिकृत, बैंकर, बीमा समितिका पूर्व अध्यक्ष, चार्टर्ड एकाउन्टेन्ट तथा लगानीकर्ताहरु रहेका छन् । अध्यक्षका लागि अहिले उनीहरु विभिन्न शक्तिकेन्द्रमा दौडधुपमा रहेको बुझिएको छ । यो पनि हेर्नुस् : पूँजीबजारको नियामक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढ्यो धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को - को छन् आकांक्षी ?