सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव

काठमाडौं । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ ।       वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा...

सम्बन्धित सामग्री

तातो हावाबाट बच्न प्रशस्त मात्रामा कागती पानी पिउन आग्रह

तापक्रम बढेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

चर्को घामबाट कसरी बच्ने ? यस्तो छ चिकित्सकको सुझाव

तापक्रम बढेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ।

मौसमी फ्लुलाई हेलचेक्राइँ नगर्न चिकित्सकको सुझाव

जाडो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछन् । जाडोमा श्वासप्रश्वाससम्बन्धी र भाइरल जन्य समस्याले निकै दुःख दिने सरुवारोग विशेषज्ञ बताउँछन् ।

विकराल बन्दै मधुमेह, १० वर्षमा थपिए १० लाख बिरामी

काठमाडौं । सन् २०११ अघिसम्म नेपालमा मधुमेहका बिरामी ५ लाखभन्दा कम थिए । त्यसको १० वर्षमा अर्थात् सन् २०२१ मा देशका ७२ जिल्लामा मधुमेहका बिरामीको संख्या ११ लाख पुग्यो । ७७ ओटै जिल्लामा यस्ता बिरामी १५ लाख हुनसक्ने अनुमान छ । यस आधारमा १० वर्षमा मधुमेहका बिरामी १० लाख थपिएका छन् ।  यो तथ्यांकले नेपालमा मधुमेह तीव्ररुपमा बढिरहेको देखाउँछ । चिकित्सकका अनुसार मधुमेह लाग्ने मुख्य कारण बोशो हो । बोशोयुक्त खानेकुरा कम खाए मधुमेहको खतरा कम हुन्छ । यस्तै, शरीरमा भएको बोशो घटाउन सकेमा पनि यो रोगबाट बच्न सकिन्छ ।  पछिल्लो समय व्यस्त जीवनशैलीका कारण मानिसहरू शारीरिक काम गर्न पाउँदैनन्/गर्दैनन् । मधुमेह लाग्नुको एउटा कारण शारीरिक अभ्यासको कमी पनि हो ।  गाउँभन्दा शहरमा दोब्बर  नेपालमा मधुमेहका बिरामीको संख्या गाउँभन्दा शहर धेरै रहेको पाइएको छ । गाउँका ५–७ प्रतिशत मानिसमा मधुमेहका बिरामी रहेकोमा शहरमा यस्ता बिरामीको संख्या १५ प्रतिशतसम्म रहेको पाइएको सम्मेलनमा बताइएको छ ।  दक्षिण एशियामा ९० लाख बिरामी  मधुमेह नेपालमा मात्रै होइन, दक्षिण एसियालगायत विश्वभरका सबै देशमा भयावह देखिएको छ । दक्षिण एशियामा मात्रै यसका बिरामीको संख्या ९० लाख छ ।  ‘विश्वभर विकराल बन्दै’   शुक्रवारबाट काठमाडौंमा शुरु भएको दुई दिने साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलनमा बंगलादेशका डाक्टर टोफिल अहमदले विश्वभर यो समस्या विकराल बन्दै गएको बताए ।पाकिस्तानी डाक्टर अलि जावाले पाकिस्तानमा पनि डायबिटिजको समस्या खतरनाक तरिकाले बढिरहेको बताए ।  एक बेलायती डाक्टरले भने, ‘डायबिटिज (मधुमेह) विश्वभरि विकराल भइसकेको छ । यो भनेको ‘सुगर क्यान्सर’ हो ।’  यस्तो छ चिकित्सकको सुझाव मधुमेहको समस्या विकराल भए पनि यसलाई नियन्त्रण गर्न सकिने चिकित्सक बताउँछन् । व्यस्त जीवनशैलीबाट समय निकालेर शारीरिक अभ्यास गरे यो रोग केही हदसम्म नियन्त्रण हुने चिकित्सकको भनाइ छ ।  सम्मेलनमा सहभागी बेलायतमा काम गर्ने नेपाली डाक्टर सचिनराज भण्डारीले सबै मिलेर मधुमेह नियन्त्रण गर्नुपर्ने सुझाए ।  ‘आर्थिक र राजनीतिक समस्याभन्दा ठूलो स्वास्थ्य समस्या छ । त्यसमा पनि डायबिटिज ठूलो समस्याको रूपमा आइरहेको छ । यसमा सबै जना मिलेर यो लडाइँ लड्नु पर्ने छ,’ उनले भने ।

सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ ।     वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्ट