सविना नेपाल
हरेक वर्षको भाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथिमा श्रीकृष्णाष्टमी पर्व मनाइन्छ ।
द्वापरयुगको अन्त्यमाभाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथि, रोहिणी नक्षत्रको दिन पिता वसुदेव र माता देवकीको गर्भबाट भगवान् श्रीकृष्णको यस धराधाममा प्राकट्य भएको थियो ।
नन्दनन्दन भगवान् श्रीकृष्णलाई काले, श्यामसुन्दर, मख्खन चोर, कन्हैया, मुरलीमनोहर इत्यादि नामले पनि चिनिन्छ । यिनी बहुतै चञ्चल र बदमास स्वभावका थिए त्यति हुँदाहुँदै पनि सबैका प्रिय थिए । यिनको बाँसुरी सुनेर सबै प्राणीहरू मन्त्रमुग्ध हुन्थे । यिनमा एउटा विच...