नेपालमा हिमनदीजन्य विपद् बढ्ने खतरा: राष्ट्रसङ्घद्वारा अनुकूलन र सतर्कतामा जोड

ग्लोबल वार्मिङका कारण सिर्जित गम्भीर असरहरूलाई पूर्ण रूपमा रोक्ने अवसर पृथ्वीले गुमाइसकेको संयुक्त राष्ट्रसङ्घले स्वीकार गरेको छ। संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमद्वारा जारी प्रतिवेदनअनुसार कोइला, खनिज तेल र ग्यासको अत्याधिक प्रयोगका कारण सन् २०१५ को पेरिस जलवायु सम्झौतामा तय गरिएको सुरक्षित तापक्रमको सीमा छिट्टै नाघ्ने निश्चित भएको छ। अहिलेको मुख्य चुनौती भनेको तापक्रम वृद्धिलाई कसरी नियन्त्रणमा […]