काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले क्रोएसियामाथि ४–१ को सहज जित निकालेको छ। सेभियास्थित रामोन सान्चेज पिजहुआन रंगशालामा भएको खेलमा स्पेनलाई जिताउन लामिन यामालले दुई गोल गरे भने मार्क पुबिल र निको विलियम्सले एक–एक गोल थपे। क्रोएसियाका लागि डियन ड्रेना बेलजोले फर्काएको एक गोल सान्त्वनामै सीमित बन्यो। खेलको दोस्रो मिनेटमै यामालले […]