घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

म्याग्दी– घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरूले सुरक्षा र सहयोगका लागि कुकुर पाल्ने चलन छ । महिनौँसम्म एक्लै जङ्गलमा बस्ने गोठालाहरूको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जङ्गली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन् । कुकुर बिनाका भेडाबाख्रा, च्याङग्रा, चौरी, गाईभैसीको गोठनै हुँदैनन् । सहरबजारमा सोखका लागि कुकुर पाल्ने गरिए पनि विकट र दूर्गम […]