बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न मुख्य सडक तथा राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण अवरुद्ध छ। नुवाकोटको टोखा–छहरे सडकमा भने राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोकिएको छ। बेत्रावती क्षेत्रको पासाङल्हामु सडकखण्ड पनि पूर्ण अवरुद्ध रहेको प्रहरीले […]