७१ वर्षको नेपाल–चीन सम्बन्धः शैक्षिक कूटनीति र भावी साझेदारी विस्तारमा जोड

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित सेमिनारमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन शैक्षिक तथा प्राज्ञिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइएको छ। फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा सहभागी नीति निर्माता, कूटनीतिज्ञ तथा विज्ञहरूले नेपाल–चीन सम्बन्धको सात दशकभन्दा लामो यात्राको समीक्षा गर्दै भविष्यमा सहकार्य विस्तार गर्न […]