सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पिपिराका २१ वर्षीय साबिर बक्सको आज बिहान ४ः३० बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए । बोहराका अनुसार हिरासतमा अचेत अवस्थामा भेटिएका बक्सलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु-याइएको […]