शेर्पा समुदायले धूमधामसँग मनायो ग्याल्पो ल्होसार

काठमाडौं – हिमाली क्षेत्रका शेर्पा समुदायले विभिन्न सांस्कृतिक कार्यक्रमसहित ग्याल्पो ल्होसार पर्व मनाएका छन्।  पर्वको अवसरमा समुदायले आफ्ना गाउँघर, टोलका बाटोघाटो र पानीका मूलहरू सफा गर्ने, नौ प्रकारको अन्न मिसाइएको गुथुक र खाप्से खाने र आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा निभाएका छन्। पर्व पारिवारिक र सामाजिक मेलमिलाप बढाउने अवसरका रूपमा पनि लिइन्छ। काठमाडौंको सिफलमा शुभकामना […]