आज पनि उहाँ कार्यालय जानुहुन्न, आफ्नै परिस्थितिका कारण। तर यसको मतलब यो होइन कि उहाँ असक्षम हुनु भएको छ वा केही गर्न सक्नु भएको छैन। उहाँका कारण श्रीमान् आज उच्च ओहोदामा हुनुहुन्छ, बच्चाहरू हरेक हिसाबले सक्षम भएका छन् र परिवार सुव्यवस्थित छ। तर समाजले यो योगदान प्रायः बिर्सन्छ।