एजेन्सी– उत्तरपश्चिमी पाकिस्तानमा सोमबार बिहान दुई आत्मघाती बम हमलाकारीले सुरक्षा बलको प्रान्तीय मुख्यालयमा आक्रमण गर्दा तीन अधिकारीको मृत्यु भएको र पाँच जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन् । अफगानिस्तानसँग जोडिएको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरस्थित फेडरल कन्स्टेबुलरी मुख्यालयमा भएको उक्त आक्रमणबारे सहरका प्रहरी प्रमुख सइद अहमदले पुष्टि गर्दै भने, ‘एक आक्रमणकारीले मुख्य […]