अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्कका नव–निर्वाचित मेयर जोहरन मम्दानीबीच भेट हुने भएको छ। राष्ट्रपति ट्रम्प र न्यूयोर्कका नव–निर्वाचित मेयर जोहरन मम्दानीको भेटवार्ता आउँदो शुक्रबार हुने तय भएको हो। केही दिनअघि मम्दानीले ह्वाइट हाउसलाई औपचारिक रूपमा भेटको प्रस्ताव गरेपछि भेट व्यवस्था मिलाइएको हो। ट्रुथ सोशलमा लेख्दै ट्रम्पले मम्दानीले भेटका लागि अनुरोध गरेको उल्लेख गरेका थिए। […]