विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरमा ६२ वर्षपछि रंगरोगन गरिएको छ । चाँगुनारायण मन्दिर विकास समितिले स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुर (पुरातत्व विभाग) को अनुमति तथा चाँगुनारायण नगरपालिकासँग २०७९ असार २० मा सम्झौता गरी प्राकृतिक रंगरोगन थालेको हो । मन्दिरमा रंगरोगनको काम अन्तिम चरणमा पुगेको र जेठ मसान्तभित्र सम्पन्न हुने समितिका अध्यक्ष एवं चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताए ।