एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ। हिजो साँझ सिंहदरबारमा बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो १ बजे पुनः बैठक बस्ने भएको हो। हिजोको बैठकमा आन्तरिक विवाद समाधानका लागि गम्भीर छलफल भएको माधव नेपाल पक्षीय कार्यदलका नेता भीम रावलले बताए। पार्टी एकता कायम गरेर अघि बढ्ने र त्यसमा दुवै पक्ष थप गम्भीर हुने सल्लाह भएपछि हिजोको बैठक सकिएको थियो। बैठकमा सहभागी अर्का नेता गोकर्ण विष्टले पनि बैठक सकारात्मक र हार्दिक भएको बताउका थिए। आजको बैठक

सम्बन्धित सामग्री

एमाले कार्यदल बैठक अहिलेसम्म बस्न सकेन, आन्तरिक छलफलमा जुटे दुवै पक्ष

काठमाडौँ । नेकपा एमाले कार्यदलको बैठक आज दिउँसो बस्ने भनिएको भए पनि अहिलेसम्म बस्न सकेको छैन ।

एमाले कार्यदल बैठक आज पनि बस्दै, समय सर्यो

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ ।  बैठक भने मंगलबार निर्धारण गरिएको समयभन्दा केही सरेको छ । बुधबार विहान ८ बजेका लागि तयको बैठक विहान १० बजेलाई सरेको अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले रातोपाटीलाई जानकारी दिए ।पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।.gr