काठमाण्डौ – भारतको राजधानी नयाँ दिल्लीमा विगत केही दिनदेखि प्रदूषणको स्तरले खतराको तह पार गरेपछि दिल्ली सरकारले विभिन्न उपाय लागू गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले गाडीमा जोर बिजोर प्रणाली ठीक भएको समीक्षा गरेकाले दिल्लीमा अब जोर बिजोर लागू हुनेछ ।
यस्तै, वायु प्रदूषणसँग जुध्न यही नोभेम्बरको २० तारिखदेखि क्लाउड सिडिङमार्फत् कृत्रिम वर्षा गराउने योजना रहेको छ । दिल्लीका वातावरण मन्त्री गोपाल राईका अनुसार यातायात विभागलाई एपमा आधारित ट्याक्सी अर्थात् ओला–उबेरलाई ‘सर्वोच्च अदालतको आदेश अनुसार&...