जबरालाई पूरक प्रश्नका लागि बाेलाइयाे, समिति प्रतिवेदन लेख्दै !

काठमाण्डाै – महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताहरूसँग बयान लिएको छ । बिहीवार समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरूसँग आज बयान लिएको हो । बैठकमा आएर अधिवक्ताहरु प्रधानन्यायाधीश जबराले लगाएका आरोपको बयान दिनुभएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले बताउनुभयो । उहाँले शुक्रवार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर ...

सम्बन्धित सामग्री

चोलेन्द्रमाथिको महाभियोग ‘समितिमै’ गिजोल्ने प्रयास

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग संसद्ले गठन गरेको महाभियोग सिफारिस समितिमै गिजोल्ने प्रयास भएको छ । समिति सदस्यहरूका अनुसार बुधवार बसेको महाभियोग सिफारिस समितिको बैठकमा आज शुक्रवार बस्ने बैठकमार्फत जबरालाई पूरक प्रश्न सोध्ने र प्रतिवेदन तयार गर्ने सहमति भएको थियो ।तर त्यसविपरीत शुक्रवारको बैठकमा प्रमुख प्रतिपक्ष एमालेका तर्फबाट समितिमा रहेका सांसदहरूले पूर्व सहमति विपरीत जबराले दिएको बयानको उतार पुन पढेर सुनाएपछिमात्रै हस्ताक्षर गर्नुपर्ने बताएका थिए । एमाले सां

जबराको बयान सकियो, आवश्यक परे पूरक प्रश्न सोधिने

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सिफारिस समितिमा बयान सकिएको छ। मंगलबार जबरालाई सोध्न बाँकी ८ वटा प्रश्न सोधेसँगै उनको बयान सकिएको हो। समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको थियो। समितिले यसै महिनाको अन्त्यमा अध्ययन प्रतिवेदन सदनमा पेश गर्ने समिति सदस्य नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले जानकारी दिए। जबरालाई […]