नेपाललाई तेस्रो सफलता, सन्दीपको बलमा रिजवान आउट

काठमाडौं : एसिया कपमा पाकिस्तानका महत्वपूर्ण ब्याट्सम्यान मोहम्मद रिजवान आउट भएका छन्। लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन्।रिजवानले ५० बलमा ४४ रन बनाए। उनले खेलमा ६ चौका बनाएका थिए। करण केसीले पहिलो विकेट ५.३ ओभरमा पाकिस्तानका फखर जमानलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् भने अर्का ओपनर इमाम उलहकलाई रोहित पौडेलले रन आउट गरेका थिए।