मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनले निष्कर्ष निकालेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको हो । प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा हुँदा र समानुपातिक मतको ट्रेन्ड हेर्दा गठबन्धनको पक्षमा उत्साहजनक मत नआएको गठबन्धनको निष्कर्ष छ । बैठकले प्रतिनिधि र प्रदेश निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन्न गराएको भन्दै निर्वाचन आयोग र सरकारल