मुद्रण व्यवसायीहरूको प्रदेशस्तरीय समिति गठन

दाङ- नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेश समिति गठन गरिएको छ । लुम्विनी प्रदेशका मुद्रण व्यवसायीहरूलाई संगठित गर्नका लागि प्रदेश राजधानी दाङको भालुवाङमा सम्पन्न प्रदेश स्तरीय भेलाले महासंघको २१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक विष्णु तिवारीको अध्यक्षतामा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय भेलाले रुपन्देहीका मुद्रण व्यवसायी […]

सम्बन्धित सामग्री

नेपाल मुद्रण उद्योग महासंघ लुम्विनी प्रदेशको अध्यक्षमा कृष्ण पराजुली

भदौ १५, दाङ । नेपाल मुद्रण उद्योग महासंघ लुम्विनी प्रदेश समिति गठन गरिएको छ । लुम्विनी प्रदेशका मुद्रण व्यवसायीहरुलाई संगठित गर्ने उद्देश्यले प्रदेश राजधानी दाङको भालुवाङमा सम्पन्न प्रदेशस्तरीय भेलाले २१ सदस्यीय प्रदेश समिति गठन गरेको हो । नवगठित नेपाल मुद्रण उद्योग महासंघ लुम्विनी प्रदेश अध्यक्षमा रुपन्देहीका मुद्रण व्यवसायी कृष्ण पराजुली रहेका छन् । समितिको प्रथम उपाध्यक्षमा पूर्णलाल चुके (बाँके), उपाध्यक्षमा घनश्याम घिमिरे (रुपन्देही), सचिवमा सि.एम उपाध्याय (बाँके), सह–सचिवमा डिल्लीनारायण पाण्डे (रुपन्देही) र कोषाध्यक्षमा गिरिराज आचार्य (दाङ), चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा हरिप्रसाद ज्ञवाली (बाँके), जगदिश भट्टराई (पाल्पा), निर्मल अर्याल (रुपन्देही), जीपी पाण्डे (कपिलवस्तु), गजेन्द्र बहादुर वली (दाङ), मेघराज सिग्देल (वर्दिया) चयन भएका छन् । सबै पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन भएका र बाँकी सदस्यहरु समितिको आउँदो बैठकले मनोनयन गर्ने कोषाध्यक्ष गिरिराज आचार्यले जानकारी दिए । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु तिवारीले व्यवसाय प्रवर्द्धनका लागि व्यवसायिक एकता नै प्रमुख आधार रहेको भन्दै प्रदेशस्तरीय समस्याहरुको पहिचान गरी समाधानको पहल गर्ने उद्देश्यले प्रदेशस्तरीय समिति गठन गरिएको बताए ।