थापाथलीको सुकुम्वासी बस्ती आज पनि अशान्त

१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती आज दोस्रो दिन पनि अशान्त छ । उनीहरुले आज सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुत्ला जलाएका छन् । उनीहरुले शव राख्ने बाकस (कफिन)माथि बालेनको फोटो राखेर जलाए । त्यहाँ आज बिहान ८ बजेदेखि यहाँ आन्दोलन जारी […]

सम्बन्धित सामग्री

सुकुम्वासी बस्ती ६ महिनाभित्र हटाउन निर्देशन

काठमाण्डौ – प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बुधवारको बैठकमा बाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गर्नुभएका ज्येष्ठ सदस्य लालवीर चौधरीले छ महिनाभित्र काठमाण्डौ उपत्यकाभित्रका बाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिनुभएको हो । समितिले काठमाण्डौ उपत्यकाका १८ नगरपालिकाबाट घरजग्गा पासबापत बाग्मती सभ्यता करका नाममा उठाइएको शून्य द...

सुकुम्वासीबस्ती हटाउन महानगरले गृह मन्त्रालयसँग सहयाेग माग्याे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले थापाथलीकाे बाग्मती नदी किनारमा रहेकाे सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयाेग मागेकाे छ । महानगरले आज बिहीवार एक पत्र पठाउँदै थापाथलीकाे बाग्मती नदी किनारकाे सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयाेग मागेकाे हाे । बाग्मती नदी किनारमा अनधिकृतरूपमा निर्माण भएका संरचना हटाउन पटक–पटक प्रयास गरेकाे र यस कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने महानगरले पठाएकाे पत्रमा उल्लेख छ । मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन...

थापाथलीको सुकुम्वासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

काठमाण्डाै – काठमाण्डाैकाे थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन माग गर्दै अभियन्ताले आज मङ्गलवार महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।  उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले सुन्धारामा रहेको महानगरको कार्यालय अगाडि प्रदर्शन गर्दै सक्कली सुकुम्वासीकाे व्यवस्थापन गर्न र नक्कली सुकुम्वासीलाई तत्कालै नदी किनारबाट हटाउन माग गरेको हो । सुकुम्वासीकाे घर टहरा हटाइ, काठमाण्डौको सुन्दरता, सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न एक इन्च पनि महानगर पछि हट्न नहुने उनीहरूको भनाइ छ ।  महानगरल...

भूमिहीन तथा सुकुम्वासीको बस्ती नहटाउन भूमि आयोगको निर्देशन

राष्ट्रिय भूमि आयोगले  भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती  हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले आज एक सूचना प्रकाशित गर्दै आयोगले तत्पश्चात् लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई सुकुम्वासी बस्ती नहटाउन भनेको छ  । सुकुम्वासी तथा भूमिहीनको लगत सङ्कलन, प्रम

ओलीलाई मेयर शाहकाे जवाफ - ‘सुकुम्वासी तपाईंलाई भाेट बैंकमात्रै रहे’

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्षलाई प्रतिप्रश्न गर्नुभएकाे छ । आज मङ्गलवार एक कार्यक्रममा ओलीले बाग्मती किनारका सुकुम्वासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति टिप्पणी गर्नुभएकाे थियाे । त्यही टिप्पणीबारे शाहले सामाजिक सञ्जालमार्फत प्रतिप्रश्न गर्नुभएकाे हाे । मेयर शाहले फेसबुकमा लेख्नुभएकाे छ, अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ । तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय...

महानगरले सुकुम्वासी बस्ती हटाउन थालेपछि थापाथलीमा तनाव

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन थालेपछि काठमाण्डौको थापाथली क्षेत्रमा तनाव भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले यसअघि नै सुकुम्वासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिलाई काठमाण्डौ महानगरपालिकाले पनि साथ दिएको छ । आज साेमवार सुकुम्वासी बस्ती खाली गराउन समिति र महानगरको टोली प्रहरीसहित थापाथली पुगेपछि तनाव भएको हो । सुकुम्वासी बस्तीका बासिन्दाले थापाथली क्षेत्रमा टायर बाल्दै प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।

थापाथली क्षेत्रको वाग्मती किनारमा बढ्यो फोहर

काठमाडौँ महानगरपालिका–११ स्थित थापाथली क्षेत्रको वाग्मती किनारमा सुकुम्वासीको बस्ती बढेसँगै त्यहाँ फोहर पनि बढ्न थालेको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले दुई वर्षअघि गरेको अध्ययनमा थापाथली क्षेत्रमा सुकुम्वासीका १३७ घर थिए । वाग्मती सफाइ महाअभियानले आज थापाथली क्षेत्रमा गरेको सफाइ एवं सुकुम्वासी बस्तीको निरीक्षणका क्रममा १२ घर बढेको भेटिएको समितिका सञ्चालक सदस्य डा.माला खरेलले जानकारी दिइन् । सुकुम्वासी बस्ती व्यवस्थित नगरिँदा नदी किनारमा अस्थायी संरचना बनाएर बस्ने बढ्