गोरखा–१ मा कांग्रेसका राजेन्द्र बजगाईँ निर्वाचित

काठमाडौं : गोरखा–१ बाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईँ निर्वाचित भएका छन्।उनी नेकपा एमालेका रामशरण बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका हुन्। बजगाईंले ३३ हजार ४२८ मत पाए भने बस्नेतले १६ हजार ७८५ मत पाएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाएका छन्। यो क्षेत्रमा कुल ६० हजार २८२ मत खसेको थियो।२०७४ सालको निर्वाचनमा बस्नेतसँग प्रदेशसभा सदस्यमा पराजित बजगाईंले यो गठबन्धनको बलमा उनैलाई फराकिलो मतान्तरले हराएका हुन्।

सम्बन्धित सामग्री

सदनमा कसले कसलाई छिर्के हान्ने भन्ने प्रवृत्ति बढ्यो : राजेन्द्र बजगाईँ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले आफूहरूले संसद्मा उठाएका विषय सरकारका तर्फबाट खासै कार्यान्वयन नहुने गरेको बताउँछन् । उनले रासससँग कुरा गर्दै संसद्मा उठाएका महत्त्वपूर्ण विषयको कार्यान्वयन पक्ष फितलो भएकाले ती विषय आफ्ना मतदातालाई सुनाउन मात्र बोलेको जस्तो आफूलाई अनुभव हुने गरेको टिप्पणी गरे । सांसद बजगाईँले भने, ‘सदनमा कुरा राख्न […]

कृषि खाद्यवस्तुमा भ्याट पुनर्विचार गरियोस् – राजेन्द्र बजगाईँ [भिडियोसहित]

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले कृषि खाद्यवस्तुमा भ्याट पुनर्विचार गर्न आग्रह गरेका छन् ।