युक्रेनको राजधानी किभमा यसअघि बन्द रहेका ५० दूतावास खुला

काठमाडौँ- रुस–युक्रेनबीच जारी युद्ध १ सय दिन पूरा हुँदै गर्दा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको किभमा ५० वटा दूतावास पुनः सञ्चालनमा आउँनुले आफ्नो देश जारी युद्धमा विजयोन्मुख रहेको दरिलो विश्वासको प्रमाण भएको बताएका छन् । जेलेन्स्कीले व्यावहारिक रूपमा मात्र नभई प्रतिकात्मक रूपमा पनि यो समाचार महत्त्वपूर्ण रहेको टिप्पणी गरेका छन् । राजधानीमा फर्कने हरेक दूतावासले […]