नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समितिको बैठक यही माघ २८ र २९ गते बस्ने भएको छ । बैठक सो दिन बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादी बस्ने तय भएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । यस्तै पार्टीभित्र बहसमा रहेको एमसीसीको विषयमा समेत छलफल हुने बताइएको छ । यसअघि कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रुपमा नै बस्न लागेको हो । गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष