मुलुक संघीयतामा गएसँगै सिंहदरबार गाउँ–गाउँमा पुगेको चर्चा खुबै चल्यो । तर, अहिले गाउँ–गाउँका युवा काठमाडौँमा आएर डिभी भर्नका लागि पासपोर्ट बनाउने लाइनमा तीन रातसम्म बास बसेको दृश्यले सिंहदरबार कहाँ छ भन्ने प्रश्न उब्जाएको छ । अलिकति मात्रै सेवाग्राहीको चाप बढी हुँदा नेपालका सरकारी कार्यालयको हालत कस्तो हुन्छ भन्ने थाहा पाउन राहदानी विभागलाई हेरे पुग्छ । केही दिनदेखि छिटो राहदानी बनाउन बढी शुल्क तिर्न तयार भएर विभागमा पुगेका सर्वसाधारणले हैरानी र सास्