धनगढी : सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ। सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो।यसअघि प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस आज सरकारमा सहभागी हुने भएको हो। कांग्रेस सरकारमा सहभागी हुँदा संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्न लागेको कांग्रेसका एक नेताले बताए।उनीहरूले आजै शपथ लिने कार्यक्रम रहेको स