पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) लिग दाेस्राे संस्करण खेल्ने भएका छन् ।  आउँदाे सेप्टेम्बर २० बाट सुरु हुने प्रतियाेगितामा नेपालबाट पारस खड्काले खेल्ने भएका हुन् । लेजेन्ड्स लिग क्रिकेटमा विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरूले खेल्ने गर्दछन् ।  लेजेन्ड्स लिग क्रिकेटकाे दाेस्राे संस्करण भने ओमानकाे साटाे भारतमा हुने भएकाे छ । भारतमा क्रिकेटका प्रशंसक धेरै भएकाले आउँदाे संस्करण भारतमा सार्ने निर्णय गरेकाे एलएलसीले जनाएकाे छ ।  ...