निप्पलमा एक्जिमाजस्तै देखिने अर्को एउटा गम्भीर अवस्था हुन्छ, जसलाई पेजेट्स डिजिज भनिन्छ। यो स्तन क्यान्सरसँग सम्बन्धित अवस्था हो। यसलाई सुरुवाती अवस्थामा निप्पल डर्माटाइटिस वा एक्जिमा भनेर झुक्किन सकिन्छ। किनभने यसमा पनि निप्पलको छाला सुक्खा हुने, खस्रो हुने र एक्जिमाजस्तै दाग वा प्लाक देखिने गर्छ।