काठमाडौं : कोरोना संक्रमणले महामारी शुरू भएपछि नेपालमा स्वास्थ्यको सूचकहरू घट्दै गएको छ। यसमा पनि प्रत्यक्ष प्रभाव मातृ शिशु स्वास्थ्यमा परेको देखिएको छ।कोरोना नियन्त्रणको लागि गरिएको लकडाउन र निशेज्ञाले भएको समयमा ज्यान गुमाउने आमा र नवजात शिशुको संख्यामा दोब्बर रुपमा बढेको पाइएको छ।नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति नै सुत्केरी नै थिइन्। २०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीले शिशुलाई जन्म दिएको ९ दिनपछि कोरोना संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा