मतदानपछि गठबन्धन टाइटाइ फिस हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि पाँच दलीय गठबन्धनको फुर्ती सकिने दाबी गरेका छन् । विराटनगरमा आज आयोजित चुनावी सभामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने ‘वैशाख २७ गतेसम्म गठबन्धनले भाषण गर्छन् । वैशाख ३० गतेपछि गठबन्धन नटालिने गरी पङ्चर हुनेछ । मतदानपछि गठबन्धन टाइटाइ फिस हुनेछ ।’ चुनावमा एमालेसँग एक्ला एक्लै लड्न नसक्नेले देश बनाउन नसक्ने उनको भनाई थियो । उनले गठबन्धनले जतिसुकै ह्याण्डसम र ब्यूटी उम्मेदवार उठाए पनि चुना