अमेरिकामा पहिलोपटक श्वेत जनसङ्ख्या घट्यो, अल्पसङ्ख्यकको संख्या बढ्यो

वासिङटन । अमेरिकामा श्वेत नागरिकको सङ्ख्यामा पहिलोपटक गिरावट आएको छ । अमेरिकन सेन्सस ब्यूरोले बिहीबार जनगणना सम्बन्धी यो आश्चर्यजनक नयाँ डाटा सार्वजानिक गरेको हो, जसमा २०१० पछि श्वेत जनसङ्ख्या ८.६ प्रतिशतले घटेको पाइएको छ ।   २०१० मा कूल जनसङ्ख्याको ६३.७ प्रतिशत श्वेत जनता थिए भने अहिले यो ५८ प्रतिशतमा झरेको छ...