सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल तीन मन्त्रीहरूलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ।
आज (शुक्रबार) बसेको संसदीय दलको बैठकले मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा गर्न निर्देशन दिने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।
एमालेका तीन जना सांसदले वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री बनेका हुन्।
अदालतको अन्तरिम आदेशपछि पुनर्वहाली भई एमालेमै फर्किए पनि संसदीय दलको बैठकमा बार...