खरिदार र सुब्बाले पनि उप-सचिव तहको प्रतिस्पर्धामा सहभागी हुन पाउनुपर्ने मागसहित सामान्य प्रशासन मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, भदौ १८ । स्वतन्त्र निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार संगठनका अध्यक्ष पशुपति पोखरेल सहित पदाधिकारीहरू मन्त्रालय पुगेर कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर्न मन्त्रीको ध्यानाकर्षण गरेको हो । संगठनले निजामती प्रशासन सुधारका लागि १२ बुँदे माग राख्दै आन्दोलन जारी राखेको छ […]