चीनको यो शहरमा चालकरहित गाडीलाई दिइयो अनुमति

 टोयोटा मोटरको सहयोग रहेको सेल्फ ड्राइभिङ टेक कम्पनी Pony.ai  ले चीनमा ट्याक्सीको लाइसेन्स पाएको जानकारी दिएको छ । लाइसेन्स प्राप्त गरेसँगै कम्पनीका केही चालकरहित वाहन अब भाडामा लिन सकिनेछ ।कम्पनीले देशमा यस्तो गर्ने आफूहरु पहिलो अटोनोमस ड्राइभिङ कम्पनी भएको दाबी गरेको छ । स्टार्टअप कम्पनीले बताए अनुसार उसले नान्साको गुआंगझु शहरमा १०० ड्राइभरलेस गाडी सञ्चालन गर्ने लाइसेन्स पाएको छ ।कम्पनीको बयान अनुसार, यो मञ्जुरी नान्शाको सानो इलाकाका लागि पाइएको हो । कम्पनी ८०० वर्ष किलोमिटरको दायरमा