प्रदेश सहयोग कार्यक्रमलाई निरन्तरता दिइन्छ : मुख्यमन्त्री राई

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने मनसायका साथ स्वीट्जरल्याण्ड सरकारले गरेको सहयोग सकारात्मक भएको उल्लेख गरेका छन् ।  स्वीस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहयोग कार्यक्रम निर्देशक समितिको दोस्रो बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीय प्रणालीमाथि नै प्रश्न उठेका बेला स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त सहयोग स्थानीय सरकारको सबलीकरणमा खर्च हुनु राम्रो भएको बताए । उनले संघीय प्रणालीलाई बलियो बनाउनेगरी स्वीस सरकारको सहयोग कार्यक्र