जनकपुरधाम- सर्लाहीमा लुटपाट गर्न आएका लुटेरा समूहले सहकारी संस्थाका प्रमुखमाथि गोली प्रहार गरेका छन्। सर्लाहीको बागमती नगरपालिका-१, मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि लुटेरा समूहले गोली प्रहार गरेको हाे। जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले अज्ञात समूहले सेवाकेन्द्रका प्रमुख साजन कार्कीमाथि गोली प्रहार भएको बताए। […]