पोखराको महेन्द्रपुल नजिकको सडक भासिदा बढ्यो जोखिम

पोखरा-  पोखरा महेन्द्रपुल नजिक सकड भासिदा जोखिम बढेको छ । भासिएको सडकमा परेको भ्वाङमा सवारी साधन पर्ने जोखिम बढेको छ । महेन्द्रपुलस्थित गरिमा विकास बैंकको नजिकै सडक भासिएको हो । आइतबार साँझ पोखरामा भारी वर्षापछि सडम भासिएको जनाइएको छ । भासिएको सडकलाई मर्मतको तयारी भएको भइरहेको प्रहरीले जानकारी दिएको छ ।