काठमाडौं। नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ। पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दाँैत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो। कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्वसंस्थाका लागि गाम्बियाका स्थायी राजदूत लाङ यावौले राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।रासस