नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तर्गत सोमवार शुरू बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका छन् ।
प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी बन्दत्रमा प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनको चार भाग प्रस्तुत गरिसकेका छन् । अब दस्तावेजको केही अंश मात्रै प्रस्तुत गर्न बाँकी रहेको बताइएको छ ।
प्रचण्डको प्रस्तावमा नेताहरू सुविधाभोगी बनेको, जनतासँगको अन्तरक्रिया पातलो भएको जस्ता विषय उठान गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । विज्ञान प्र...