तत्काल मिटरब्याज पीडितको माग सम्बोधन नगरे सडक संघर्षमा जाने राप्रपाको चेतावनी

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन । अन्यथा राप्रपा पनि सडक संघर्षमा जाने राप्रपाको चेतावनी छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भत्र्सना गरेका छन्।