एजेन्सी। अमेरिकी सांसद राजा कृष्णमूर्तिले विश्वले भोगिरहेको कोरोना संकटसँग जुध्न लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन्। उनले कोरोनाबाट सर्वाधिक प्रभावित भारतलाई भ्याक्सिन उपलब्ध गराउन अमेरिकासँग आग्रह पनि गरे। उनले भने, ‘‘म भारतका कुनै पनि राजनीतिक दल र व्यक्ति वा विचारसँग जोडिएको छैन। तर, यो महामारी नियन्त्रणका लागि अमेरिका, भारत र संसारभर नै भ्याक्सिन उपलब्ध गराउनु जरुरी छ।’’