काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागी स्थलमा पुगेका छन् । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाम भएको आगलागी नियन्त्रणको काम भइरहेको छ । आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौँ र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।