पानी घटाइएको मौकामा फेवाताल सफाईमा जुटे स्थानीय

यतिबेला फेवातालको पानी एक मिटर घटेको र पानीले ओगटेका ठूलो भुभाग जमिनमा परिणत भएको छ । फेवताल बाँध मर्मतका लागि पानी भित्र डुबेर काम गर्नुपर्ने भएकोले पानी सुकाइएको हो । यहि अवसर पारेर फेवतालको छेउमा थुप्रिएको ढुङगा,माटो लगायत फोहोर सफा गर्नुपर्ने माग ङुङ्गा व्यवसायी तथा विभिन्न संघसंस्था स्थानीय,पर्यटन व्यवसायीले गरेका छन् । फेवा डुङगा व्यवसायी सगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले फेवताल सौन्दर्यका लागि फोहोर सफा गर्नुपर्ने बताउनुहुन्छ । वडा र महानगरले सहयोग गरेमा यहि मौका छापेर हामी सफा गर्ने सोच बनाएका छौं, महानगर वा वडाले सहयोग गर्छ कि भनेर पर्खेका छांै, यदि गरेन् भने पनि समितिबाट हामी जति सक्छांै गर्छौ, उहाँले भन्नुभयो ।