काव्या किड्स ग्ल्याम नेपाल

राजधानीमा हालै सम्पन्न बालिकाहरुको प्रतिभामूलक प्रतियोगितामा काव्या अधिकारी किड्स ग्ल्याम नेपालको उपाधि चुम्न सफल भएकी छन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा नौ वर्षीया काव्याले मुख्य उपाधिसहित अन्य उपाधिलाई पनि आप्mनो बनाएकी छन्। राइजिङ नेपाल क्रियसनद्वारा आयोजित प्रतियोगितामा सुमरिना श्रेष्ठ फस्ट रनर्सअप भएकी छन्। प्रतियोगितामा मिस्टर एन्ड मिस टिन ग्ल्याम नेपालका विजेता पनि घोषित गरिएको थियो। […]