अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का सवालमा नेपालका नेताहरूलाई कुनै पनि खालको धम्की नदिएको प्रतिक्रिया दिएको छ।
अमेरिकी राजदूत र्यान्डी बेरीले सोमबार केही पत्रकारसँग कुराकानी गर्दै आफूहरूले धम्की दिएको भनी आएको विषय पूर्णरूपमा गलत भएको बताए।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले हालै प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन संवाद गरेका थिए।
त्यस क्रममा उनले नेपाली नेताहरूलाई सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएको र गैरकूटनीतिक ढंगले...