काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिक रुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले महासङ्घको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताए।सरकारले आर्थिक वर्ष २०७८/७९ को ब