उपराष्ट्रपति निर्वाचन: मंगलबार रातिदेखि मौन अवधि

शुक्रबार बानेश्वरस्थित संसद्‍ भवनमा हुने उपराष्ट्रपतिको निर्वाचनलाई पारदर्शी बनाउन भन्दै मंगलबार रातिदेखि मौन अवधि सुरु हुँदैछ । यस अवधिमा प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित सामग्री

उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु

काठमाडौं । उपराष्ट्रपति निर्वाचन अन्तर्गत मङ्गलवार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधिमा उम्मेदवाहरुले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न पाउने छैनन् । यसैगरी यस अवधिमा आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, […]

उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु

उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने गरी मङ्गलबार मध्यरातिदेखि प्रचारप्रसार निषेध अवधि सुरु भएको छ। यही चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनभन्दा ४८ घण्टाअघिदेखि लागू हुने गरी सो अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने बताउनुभयो।